काठमाडौं । भोलि असो ६ गतेदेखि दोस्रो पक्कु फेस्टिवल आयोजना हुने भएको छ । संस्कृति, परम्परा र नेपालीपनको स्वादलाई अझै पुनर्जीवित गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले असोज ६ गते (भोलि) देखि ११ गतेसम्म फेस्टिवल आयोजना गर्न लागेको हो । रमाइलो स्टेज प्रस्तुति, मौलिक स्वादमा पक्कु, उत्कृष्ट सेवा र आतिथ्यताको अनुभवका ग्रुपले फेसिटवलमा सहभागी भइदिन भनेको छ । प्रेसिडेन्ट सेकुवा, महाराजगन्ज, काठमाडौँमा फेस्टिवल आयोजना गर्न लागेको ग्रुपले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ नारासहित फेस्टिवल हुन लागेको ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
यस्तो छ पक्कुको कथा र ब्राण्डको विकास
समयसँगै शहरमा जनसंख्या बढ्यो, आधुनिक परिकार मःमः, पिज्जा, बर्गर, केएफसी जस्ता डिशर फास्टाफटने बज ओगट्न थाले । तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा संकल्प जाग्यो। गाउँमा सीमित परम्परालाई शहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने।
यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक पक्कु फेस्टिवल आयोजना गर्यो। सुरुमा धेरै शंका उठे। शहरबासीलाई पक्कु मन पर्ला ? बर्गर र पिञ्जामा रमाउने युवाले यसलाई स्वीकार्लान् तर हाम्रो विश्वास दृढ थियो। यो परिकार मात्र होइन, आत्मीयता र भावनाको पुनीर्जीवन पनि हो ।
पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे। दैनिक सातवटा खसी बराबरको मासु प्रयोग भयो । कतिपय दिन त माग धान्नै गाह्रो भयो। कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उहाँहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो ।
सबैभन्दा भावुक क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने, ‘यो स्वाद आमाको हातको स्वाद जस्तै रहेछ। मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो। मलाई त्यो बालापन, गाउँघर र आमाको सम्झना आयो । मलाई गाउँ फर्किएझैं लाग्यो। त्यो एक वाक्यले पुष्टि गर्यो हाम्रो प्रयास केबल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो। त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित गर्यो ।
पक्कु फेस्टिवलः परम्परा र आधुनिकताको संगम
पहिलो अनुभवको सफलताले हिम्मत थप्यो। त्यसैले २०६२ सालमा पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको संगमको रूपमा जोड्न प्रयत्न गर्दै छ। यसपटक पनि पाँच दिन लामो फेस्टिवल हुनेछ। करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य रहेको छ।
यसपटक पक्कुमा विविधता थपिएको छ। जस्तोकि तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु, घ्यूमा बनेका विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा, अन्य रैथाने र परम्परागत शाकाहारी परिकार । साथै पुरातात्विक चिनारीको प्रदर्शन, लिङ्गे पिङ, सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ ।
हामीलाई विश्वास छ, खानामा संस्कृतिको आत्मा बस्छ । पक्कु केवल परिकार होइन, सामुहिकता, प्रेम र सस्कृतिको जीवन्त प्रतिक हो । हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ। हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो ।
पक्कुः अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध
पक्कु फेस्टिवल केवल खानाको प्रदर्शनी मात्रै होइन। यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्याएको छ। गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यसपटक १२ हजारभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ । यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउनेछ । नेपालमा रहेका अन्य होटल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन् ।
प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ । अब पोखरा र विराटनगर जस्ता प्रमुख शहरमा पक्कु र सेकुवाको स्वाद पुर्याउने तयारी भइरहेको छ। दीर्घकालीन लक्ष्य अझ ठूलो छ अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने ।
हाम्रो सपना छ, विदेशिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकून् र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकुन् ।
पक्कुः एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान
पहिलो फेस्टिवलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस गयौंँ, गाउँमा खाएको पक्कुको स्वाद हजारौं पारखीहरूसँग बाँड्न सक्यौं। त्यो क्षणले देखायो, यो व्यवसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो ।
आज हामी निश्चिन्त भई भन्छौं, पक्कु फेस्टिवल केवल महोत्सव होइन, यो मौलिक स्वाद र नेपालीको पहिचान हो। परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो ।
हामीलाई विश्वास छ यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ। यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान व्यवसायी, शेयर सदस्य र उपभोक्ताको साझा सपना हो ।
त्यसैले सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछ कि पक्कुको स्वाद लिन यसको मौलिकता र कथा बाँड्न र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न ।
पक्कु लगायत हाम्रा विभिन्न पर्वसँग जोडिएका परम्परागत खाना केवल एउटा परिकार होइनन्, यी त हाम्रो सामूहिक स्मृति, हाम्रो पहिचान, र हाम्री भविष्य समेत हुन् ।























