काठमाडौं । २०८२ सालको बडा दशैंका लागि भदौ २९ गते आइतबारदेखि नयाँ सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको सूचना अनुसार नै नयाँ सुकिला नोट साट्न थालिएको हो ।
सर्वसाधारणले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र क, ख र ग वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघसंस्थाले नोट साट्न सक्ने सुविधा रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
असोज १० गतेसम्म सुकिला बैंक नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथली, काठमाडौंले जनाएको छ ।






















