काठमाडौं । जेनजीको आन्दोपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण कार्य बन्द भएको छ । यातायात व्यवस्था विभाग आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि लाइसेन्सका सबै काम बन्द हुन पुगेको हो ।
विभागले सूचना नै जारी गरेर अनिश्चितकालका लागि लाइसेन्स वितरण, छपाइ, नवीकरण र लाइसेन्सको परीक्षा बन्द गरेको जनाएको छ ।
अहिले विभागको वेबसाइटसमेत चलेको छैन ।
संसद भवन नजिकै रहेको विभागको भवन जलेर पूर्ण रूपमा क्षति भएको छ । त्यहाँ रहेका कम्प्युटरलगायतका उपकरण नष्ट छन् । तत्काल सर्भर सञ्चालन हुन सक्ने कुनै सम्भावना नभएको विभागले जनाएको छ ।






















