काठमाडौं । राजनीतिक सहमति जुटेसँगै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । आजै ९ बजे उनको सपथ गराउने तयारी गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार सानो मन्त्रिमण्डल विस्तार गर्ने तयारी पनि छ । तर त्यो मन्त्रिमण्डलमा को–को रहने भनेर नाम गोप्य राखिएको छ । विस्तृत विवरण आउन भने बाँकी छ ।






















