काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण निर्जीवन तथा लघु निर्जीवन बीमकहरुलाई बीमितको धनसम्पतिमा हुन गएको क्षति एवं दाबीलाई छिटो र सहज ढंगले फछ्यौट गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले भनेको छ, ‘देशका विभिन्न स्थानमा भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिको कारण श्रृर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वविदितै छ । उक्त परिस्थितिको कारण बीमितको धनसम्पतिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’
प्राधिरणले असहज परिस्थितिका कारणले भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रुपमा (प्रत्येक हप्ताको बुधबार) पेश गर्न पनि भनेको छ ।






















