Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यातायात सञ्चालनमा ल्याएर आवागमन सहज बनाउन ट्रक महासंघको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ। महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात क्षेत्रमा फेरि जीवन भर्नुपर्ने आग्रह गरिएको छ।

महासंघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेको छ भने आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।

महासंघले विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्ति समेत गम्भीर रूपमा प्रभावित भएको उल्लेख छ। यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा संकट ल्याएको र सर्वसाधारण नागरिक असाधारण कठिनाइमा परेको पनि महासंघले जनाएको छ।

महासंघले कानूनसम्मत रूपमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानूनी सुरक्षा दिनुपर्ने माग गरेको छ। साथै आन्दोलनका कारण दैनिक नोक्सानी व्यहोर्न बाध्य भएको यस क्षेत्रमा राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्ने जोड दिएको छ।

जेन जी पुस्ताले उठाएका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गर्दै महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालनमा ल्याउन र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छ ।

Health Tips Ad Road Block