Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सागर डिष्टिलरीले आजदेखि निष्काशन गर्न लागेको आईपीओ स्थगन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री स्थगित भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज बुधबारबाट निष्काशन गर्ने भनिएको सार्वजनिक निष्काशन स्थगन गरेको जनाएको हो ।

देशको विषम परिस्थितिका कारण अर्काे सूचना नभएसम्मका लागि सार्वजनिक निष्काशन स्थगन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सूचनामार्फत भनेको छ, ‘सागर डिष्टिलरी लिमिटेडले मिति २०८२।०५।२५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्ने गरी मिति २०८२।०५।१७ गते आह्वानपत्र प्रकाशन गरेकोमा हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

 

Health Tips Ad Road Block