काठमाडौं । नेपाली बजारमा आज भदौ २२ गते आइतबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार रेकर्ड कायम गरिरहेको मूल्य आज नयाँ उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँ रहेको छ । भदौ २० गते शुक्रबार २ लाख १० हजार ४ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
चाँदी प्रतितोला २५०० रुपैयाँमा कारोबार भएर आज नयाँ रेकर्ड बनाएको छ ।






















