Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भाेलि शनिबार एनपीएल टिम विराटनगर किङ्सको आयोजनामा भव्य सांगितिक कार्यक्रम हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा भालि भदाै २१ गते शनिबार एक रोमाञ्चक सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ। यस कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्नो प्रस्तुति मार्फत साँझलाई थप रोमान्चक बनाउने छन्।

साँझ ४:३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति रु. २०० तोकिएको छ। तरविराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने टिमका समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइनेछ। यस विशेष पहलमार्फत टिमले आफ्ना समर्थकप्रति आभार प्रकट गर्दै कोशी प्रदेशका सम्पूर्ण दर्शकलाई कोशीको गौरवहाम्रो पहिचान” भन्ने मूल मन्त्रमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमबारे बोल्दै विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्द्राले भने, विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्धगराउँदै आएको छ। अब संगीतसंस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौं। यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन आयोजना गरिएको हो।”

नेपाल क्रिकेट संघ (CAN) का अनुसारआगामीनेपाल प्रिमियर लिग (NPL)मा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भएको छ।

Health Tips Ad Road Block