skip this News Page Tips Ad Road Block

काठमाडौंको कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्‌नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमाडौंको कलंकीस्थित टंकेश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।

बुधबार आयोजित औपचारिक समारोहमा टंकेश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि. का सन्चालक प्रज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्तरूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। लेमिनार टायल्सका अर्का निर्देशक आशुतोश खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्वबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ। यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चापदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दाबी छ।

Health Tips Ad Road Block