Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नबिल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआई ३१ योजना’ इकाइ बाँडफाँड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँड गरिएको छ । योजनाको प्रति इकाई अंकित १० रुपैयाँका दरको २ करोड ५० लाख इकाई मध्ये प्रथम चरणमा निष्काशन गरिएको १ करोड ५० लाख इकाई योजना मध्ये योजना व्यवस्थापकलाई २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई सुरक्षित राखि १ करोड १२ लाख ५० हजार इकाईहरु बाँडफाँड गरिएको हो ।

साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणहरुमा खरिद आव्हान गरिएकोमा सो अवधिभित्र प्राप्त हुन आएका आवेदनहरुको छानविन गरी योग्य आवेदकहरुलाई इकाई बाँडफाँड गर्ने सम्बन्धमा भदौ ११ गते पूर्व बाँडफाँड नमूना तालिका तयार गरी नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा बोर्डबाट उक्त बाँडफाँट तालिका माथि कुनै निर्देशन प्राप्त नभएकोले उक्त बाँडफाँड तालिका बमोजिम आज बिहान १०ः०० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा इकाई बाँडफाँड गरिएको हो ।

बाँडफाँड कार्यक्रममा कोष प्रवद्र्धक कम्पनी नबिल बैंक लिमिटेडको प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रतिनिधि, योजना व्यवस्थापक (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को प्रतिनिधि तथा प्रोफेशनल कम्प्यूटर सिस्टम प्रालिका प्रतिनिधि र सर्वसाधारण लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

बाँडफाँड सम्बन्धि नतिजा प्राप्त गर्नको लागि iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा कम्पनीले जनाएको छ । बाँडफाँड सम्बन्धि अन्य जानकारी आवश्यक परेमा समस्त लगानीकर्ताहरुले कम्पनीको सम्पर्क नम्बर ४५११६०४, ४५११७३३ मा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

Health Tips Ad Road Block