Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भदौ २४ मा हुने विशेष साधारण सभाबाट नाडा अब महासंघ बन्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी भदौ २४ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा बोलाइएको छ । भदौ ८ गते बसेको नाडाको २१ औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णयार्थ विशेष साधारण सभा बोलाउने निर्णय भएको नाडाले जनाएको छ ।

भदौ २४ गते मङ्गलबार बिहान ११ बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय भएको नाडाले जनाएको छ । सभामा केन्द्रीय कार्यसमितिको ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजान एवं नाडालाई वास्तविक रुपमै राष्ट्रियस्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हकहितको समेत समुचितरुपमा संरक्षण हुने भएकोले नाडाका सदस्यहरुलाई उपस्थित हुन आग्रह गरिएको छ ।

Health Tips Ad Road Block