Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको ५३६ औं बैठकले आर्थिक वर्ष २०८१–८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । संचालक समितिको निर्णयअनुसार ९२ करोड ९७ लाख रुपैयाँ लाभांश (कर सहित) वितरण गरिनेछ । यसमध्ये बैंकले ४ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने भएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block