काठमाडौं । आइतबार आज भदौ १५ गते फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।
शुक्रबार २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार सुनको मूल्य बढ्नेक्रमले आज पनि निरन्तरता पाएको हो । चाँदी पनि नयाँ रेकर्डको विन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला २४ सय २५ रुपैयाँ पर्दछ ।






















