Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रेमहरि मैनालीको अध्यक्षतामा नेपाल वितरक संघ, अरु पदाधिकारी एवं सदस्यहरु यस्ता छन् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रेमहरि मैनालीको अध्यक्षतामा नेपाल वितरक संघको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । संघीय सांसद एवं अर्थ समिति सभापति सन्तोश चालिसेको प्रमुख आतिथ्यतामा शनिबार अबेर सम्पन्न २४ औँ वार्षिक साधारण सभाले मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको निर्वतमान अध्यक्षमा रामहरि घिमिरे, वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशव प्रसाद मैनाली, महासचिवमा गणेश प्रसाद तिमल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सह–कोषाध्यक्ष रमेश प्रजापति सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा विनोद अधिकारी, भोज प्रसाद फुयाँल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, राम प्रसाद ढकाल, फणिन्द्र खड्का (विकास) निर्वचित भएका छन् । त्यसैगरी रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजु(मनोनित) सदस्यमा निर्वाचित भएका छन् ।

सभाको उद्घाटन गर्दै अर्थ समिति सभापति चालिसेले कर तिर्ने व्यवसायी सुरक्षित हुनुपर्ने र त्यसलाई राज्यले सम्बोधन गर्नुपर्ने विषयमा जोड दिए । वितरक व्यवसाय गर्नेक्रममा भएका पार्किङका समस्या समाधानतर्फ आफूले पहलकदमी लिने उनले आश्वासन दिए । समितिमा व्यवसायीका कुरा राखेर त्यसअनुसार नीति नियम र कानुनबारे आवश्यक परामर्श गर्न आफूले वितरक व्यवसायीहरुलाई बोलाएर आफ्ना भनाइ राख्न लगाउने एवम् आवश्यक कार्य गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मैनालीले आफ्नो योग्यता र क्षमताले भ्याएसम्म वितरक व्यवसायीका समस्या समाधान र उनीहरुकाे अधिकार स्थापित गर्नका लागि आफूले योजनाबद्ध कार्य अगाडि बढाउने प्रतिबद्धता जनाए ।

संघका निर्वातमान अध्यक्ष घिमिरेले उत्पादित र आयातित सामान सबैसमक्ष पुर्याउने वितरक व्यवसायीहरुका लागि उचित वातावरण र नीति नियम चाहिने धारणा राखे । सरकार व्यवसाय मैत्री बन्नुपर्ने, मर्यादित बजार अनुगमन हुनुपर्ने उनको माग थियो ।

कार्यक्रममा उपस्थित अन्य अतिथि वक्ताहरुले वितरकहरु पारदर्शी र स्वच्छ व्यवसाय गर्ने दाबी गर्दै आपूर्ति प्रणालीका लागि सबै समय यातायात सञ्चालन हुने व्यवस्था र उधारो फसेको उठाउने कानुनी व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा वितरक सदस्य वर्ष २०८२ बाट पूर्व अध्यक्ष एसपी ढकाललाई सम्मानित गरिएको थियो ।

 

 

Health Tips Ad Road Block