काठमाडौं । आज भदौ १३ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । तोलाको २ लाख ६ सय रुपैयाँमा पुगेर सुनको मूल्यले नेपाली बजारको हालसम्मकै उच्च अंक कायम गरेको हो । यसअघि १ लाख ९९ हजार ४ सय रुपैयाँसम्ममा सुनको उच्च मूल्य नेपाली बजारमा थियो ।
मूल्यमा हुँदै गएको नयाँ कीर्तिमानीले नेपाली उपभोक्तालाई भने मार पर्दै गएको छ ।
यता चाँदी प्रतितोला २३६० रुपैयाँको उच्चस्तरमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















