Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘सरकारको प्राथमिकतामा धानमा आत्मनिर्भरता’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन् । धानसम्वन्धी अध्ययन अनुसन्धान गर्ने अन्तरष्ट्रिय संस्था इरीको एशिया निर्देशक डा.जोङ्ग सू सँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान चामलमा आत्मनिर्भर रहेपनि जनसंख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग र खपत बढ्दै गइरहेकाले आन्तरिक उत्पादनले माग नधाने पछि पछिल्ला वर्षहरुमा धान चामल आयातमा ठूलो धनराशी खर्च हुने गरेको प्रसंग उल्लेख गर्दे उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताए ।

सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकिकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान चामल उद्यागसँग सहकार्य गर्ने लगायतका सक्दो प्रयासहरु गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गरे । उनले पछिल्लो समय जलवायु परिवर्तनको कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेका कारण बढि उत्पादन दिने जलवायु अनुकुलनका धानका जातहरुको विकासमा इरीले महत्वपूर्ण योगदान गरेकोमा इरीको प्रशंसा गरे ।

‘हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ, यसको लागि हामीले विगत देखिनै विभिन्न प्रयास र पहल गर्दै आएका पनि छौं। कुनै प्रोजेक्ट नहुँदा पनि सरकारको तर्फबाट धान अनुसन्धान र विकासमा सहयोग गर्न इरीको विशेषज्ञता र क्षमतालाई उपयोग गर्ने गरि फण्ड व्यवस्थापन गर्ने दिशामा हामी लागेका छौं ’ मन्त्री अधिकारीको भनाई थियो ।

भेटका क्रममा इरीका एशिया निर्देशक जोङ्ग सूले इरीलाई नेपाल सरकारबाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दे आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गरे । भेटमा इरीका नेपाल प्रतिनिधि डा. हुमनाथ भण्डारी सहित मन्त्रालयका अधिकारीहरु सहभागि थिए ।

Health Tips Ad Road Block