Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागढुङ्गा सुरुङमार्ग : निर्माण अन्तिम चरणमा, शीघ्र सञ्चालनमा ल्याउने तयारी

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं । सडक विभाग अन्तर्गत निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको र निकट भविष्यमा नै संचालनमा आउने गरी तयारी भइरहेको छ। हाल आयोजनाको भौतिक प्रगति ९४.५% रहेको छ र सम्पूर्ण निर्माण कार्य असोज महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर स‌ङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य रहेको र सोही अनुरुप मिति २०८२/०४/२६ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकबाट सुरुङमार्ग उपभोग दस्तुर समेत स्वीकृत भइसकेको छ । नागढुङ्गा सुरुङमार्गको प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनको लागि आयोजना मार्फत Electronic माध्यमबाट दस्तुर संकलन प्रयोजनार्थ RFID Based Toll Collection प्रणाली लागू गर्ने निर्णय भएको र हाल उक्त प्रणाली जडान भइरहेको छ। यस प्रणालीको प्रयोगबाट सवारी साधनको Windshield मा टाँसिने बैंक खाता आवद्द भएको RFID Tag मार्फत सोझै Toll भुक्तानी गर्न सकिनेछ ।
सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि २४/७ सेवा प्रदान गर्नुपर्ने, आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी भएको अवस्थामा आगो नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका Power Supply, Lighting, Ventilation, Internal Communication, Remote Monitoring, Emergency Facilities, Firefighting लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित संचालन, अनुगमन तथा मर्मतसम्भार गर्न दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरकाे अनुभव आवश्यक भएकाले यो कार्य विशेषज्ञ सेवा प्रदायकबाट गराउनु उपयुक्त हुन्छ। उक्त कार्यको लागि आवश्यक पर्ने Specification, Manuals जापानीज परामर्शदाताबाट तयार भएको र विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ।
हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग संचालन, ब्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको छ। Tunnel Operation and Management को सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट श्रोत सहमति प्राप्त भएको छ भने सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको छ । उक्त कार्यको लागि आवश्यक नमूना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ। साथै लागत अनुमान तयार गर्न आवश्यक नर्म्स स्वीकृत भइसकेको छ र हाल लागत अनुमान तयारी कार्य भइरहेको छ।
सम्पूर्ण कार्य समयमा नै सम्पन्न गरी निकट भविष्यमै सर्वसाधारणको प्रयोगको लागि खुला गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएकाे छ।
Health Tips Ad Road Block