काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डको विन्दुमा पुगेको छ ।
साउन २३ गते कायम गरेको मूल्यको रेकर्ड आज पनि कायम भएको हो ।
आज सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । हिजोको तुलनामा आज मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला २३५५ रुपैयाँ रहेको छ ।






















