Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भोलिदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रालिको सयुक्त आयोजनामा भदौ १३, १४ र १५ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको छ । यस प्रदर्शनीमा सहयोगी संस्थाको भुमिकामा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ रहेका छन् ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङ्गका सामाग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

आयोजकका अनुसार विभिन्न विद्युतीय माध्यमहरुको प्रयोगमा वृद्धि गरि मुलुकमा बढ्दो जल विद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रुपमा सबलिकरण गर्ने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुँदैछ ।

विद्युतीय उपकरणहरुलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनीका विद्युतीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने सबैजनाले लाभ उठाउन सक्ेछन् । नेपालीहरुको महान पर्व वडा दशैंको केही हप्ता अगाडी आयोजना हुन लागेको यस प्रदर्शनीमा ग्राहकहरुले सहज तथा सुलभरुपमा विभिन्न नयाँ विद्युतीय सामानहरु खरिद गर्न सक्ने छन् ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे संदेश फैलाउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ ।

नेपाल इलेक्ट्रिक, पावर, लाइटस् तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी रुपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्नेछ ।

Health Tips Ad Road Block