Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ । भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

सो जग्गा प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका सम्बन्धमा नगरपालिकालाई पत्रचार गरेको थियो । निर्णय कार्यन्वयन भएपछि रंगशाला निर्माणका लागि २ सय रोपनी भन्दा बढी जग्गा प्राप्त हुनेछ ।

जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता र राखेपका सदस्य–सचिव टंकलाल घिसिङको सक्रिएतामा जग्गा प्राप्तिको विषय अगाडि बढेको हो ।

Health Tips Ad Road Block