Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालका अभौतिक सम्पदालाई अन्तर्राष्ट्रिय सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइयो

नेवार समुदायको परिकार ‘योमरी’ नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका अभौतिक सम्पदालाई अन्तर्राष्ट्रिय सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको सरकारी भनाइ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा दर्ता भएका अभौतिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

राष्ट्रिय सभाको बैठकमा उनले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल सरकारले अभौतिक सम्पदाको संरक्षण र सूचीकरणलाई प्राथमिकतामा राखेको स्पष्ट पारे । मन्त्री पाण्डेका अनुसार सरकारले कार्यविधि बनाई हालसम्म १०५ वस्तु अभौतिक सम्पदाको रूपमा दर्ता गरिसकेको छ। नेवार समुदायको परिकार ‘योमरी’ नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा भएको उनले जानकारी दिए ।

“यो विधेयक कानुन बनेपछि मौलिक अभ्यासहरूको सूचीकरण मात्र नभई प्रचार–प्रसार र संरक्षणमा समेत ठूलो टेवा पुग्नेछ,” मन्त्री पाण्डेको भनाइ छ।

विधेयक निर्माणको क्रममा सरोकारवाला पक्षहरूसँग विस्तृत छलफल गरिसकिएको मन्त्री पाण्डेले जानकारी गराए ।

Health Tips Ad Road Block