Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

जनकपुर । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई प्रदेशभरिका विद्युत र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन्।

मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको र यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउन निर्देशन दिएका हुन्। उनले नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत आपूर्ति गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले मधेशका विभिन्न क्षेत्रमा पटक पटक विजुली जाने जनगुनासोको समाधान गर्न २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
उनले मन्त्रालयका लागि कार्यप्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति रहेको जानकारी गराउनु हुँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताका साथ पूरा गर्न निर्देशन दिए।

“विद्युत र सिँचाई क्षेत्रमा सुधार आवश्यक छ। यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौं।” उनले भने ।

Health Tips Ad Road Block