काठमाडौं । नेपालकै अग्रणी अनलाइन मार्केट प्लेस दराज नेपालद्वारा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथआयोजना गरेको छ । ‘ह्याप्पि सेलिंग’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरीबाट ४७० जना बिक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सुरुवाती चरणमा बिक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर समिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ । यसबर्षको कार्यक्रमअन्तर्गत दराजले बिक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।
“दराजको सफलताको प्रमुख आधार नै हाम्रा बिक्रेताहरूको समर्पण र लगनशीलता हो। हामी स्थानीय साना तथा मझौला उद्यम(एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘‘ह्याप्पि सेलिंग’’ मार्फत हामी हाम्रा बिक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ ।”, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भने ।
कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि बिक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनीय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।
कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट बिक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीकाअनुसार उनीहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उनीहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बनेका छन् ।
यस वर्षको दराज सेलर समिटमा पुरस्कार जित्न सफल विजेताहरूको सूची यस प्रकार रहेको छ:
–सेलर अफ द ईयर २०२५ : वान प्लस
–मनबाटै नेपाली अवार्ड : त्रीकाया
–टप एसएमई सेलर अवार्ड : स्मार्ट च्वाइस एनपी
–टप ईमर्जिंग सेलर अवार्ड : ग्लेन नेपाल
–दराज राइजिंग एफिलिएट अफ द ईयर: श्रृष्टि सुनुवार
–टप सेलर अफ द ईयर , एफएमसीजी : ¥होटो
–फ्ल्याश सेल हिरो, एफएमसीजी : अस्टाबेरी
–क्याम्पेन हिरो, एफएमसीजी : अवीबी
–मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयर : सुक्शिता घिमिरे
–टप सेलर अफ द ईयर, ईलेक्ट्रोनिक्स : अल्टिमा लाइफस्टाइल
–फ्ल्याश सेल हिरो, ईलेक्ट्रोनिक्स : ग्रिनलाईफ एक्स्पेरियन्स
–क्याम्पेन हिरो, ईलेक्ट्रोनिक्स : बिग डिजिटल
–दराज एफिलिएट अफ द ईयर ; एकता तन्डुकार
–टप सेलर अफ द ईयर, लाईफस्टाइल : सामप्रोफाइल न्यूट्रिशन नेपाल
–ड्डफ्ल्याश सेल हिरो, लाईफस्टाइल ; जेम्स स्टोर नेपाल
–क्याम्पेन हिरो, लाईफस्टाइल : आफ्नो पसल
–दराज एक्स्प्रेस सेलर अफ द ईयर :अग्र्यानिकअनलाईन प्रा.लि.
–टप सेलर अफ द ईयर, फेशन : ब्राण्डहाउस
–फ्ल्याश सेल हिरो, फेशन : शप मी
–क्याम्पेन हिरो, फेशन : भ्यान्स
–दराज मार्केटिंग सोल्युशनच्याम्पियन :सेटाफिल
–दराज कस्टमर च्वाइस अवार्ड : ई मेला
दराज नेपालले यस अवसरलाई बिक्रेताको उपलब्धिमात्र नभई भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रुपमा समेत प्रस्तुत गरेको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना बिक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरेको छ ।
दराजका बारेमा
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।






















