skip this News Page Tips Ad Road Block

भारतीय विदेशसचिव मिस्री काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। भारतीय विदेशसचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. आरजु देउवा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ । यस भ्रमणका बेला उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डाका बारेमा छलफल गर्ने परराष्ट्र स्रोतले बताएको छ ।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण सम्पन्न गरी उनी भोलि भदौ २ गते काठमाडौँबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

Health Tips Ad Road Block