काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । भदौ महिनाको पहिलो दिन आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि घटेर २३१० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।






















