Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङले निष्काशन गरेको ‘एनआई ३१ योजना’ मा आवेदन दिन सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आजदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई खुला गरेको छ । २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन भएको हो । यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ।

‘एनआई ३१ योजना’ले पुँजीबजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ।

यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।

Health Tips Ad Road Block