Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लगानी गर्नेहरुका लागि नयाँ अवसर आउँदै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साढे २२ लाख कित्ता साधारण शेयर निष्काशन हुने

लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले हस्ताक्षर गरेका छन् ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले निर्जीवन लघु बीमा कम्पनीको हैसियतले २०८० साल जेठ ०८ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी २०८० असार ३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आईरहेको छ । बीमाको पहुँचबाहिर रहेका समुदायलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिलाई बीमा सेवा प्रदान गर्दै तथा बीमाको सहज पहुँच दिलाइ आर्थिक जोखिमहरू व्यवस्थापन गर्न र अप्रत्याशित घटनाहरू विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न सहायता पुर्याउँदै आएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफनो लक्षितवर्गको आवश्यकता र आकांक्षाहरुलाई पुरा गर्न विविध लघु बीमालेखहरुमार्फत पहुँचयोग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउँदै आएको जनाएकाे छ ।

कम्पनीले हाल सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयमार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block