काठमाडौं । नेपालको अग्रणी अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा मात्र रु. १००० बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने कम्पनीले जनाएको छ ।
उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, वा अत्याधिक बिजुली खपत हुनुजस्ता समस्याहरू आम देखिन्छन्। यस्ता समस्या समाधान गर्न वा रोकथाम गर्नका लागि प्रत्येक ६ महिनामा वा वर्षमा एक पटक एसीको सर्भिसिङ अनिवार्य हुने कम्पनीको भनाइ छ ।
‘गर्मी मौसममा एसी बिग्रनु भनेको असहज स्थिति झेल्नु हो। नियमित सर्भिसिङले मात्र एसीलाई राम्रो स्थितिमा राख्न, आयु बढाउन र चिसो तथा सफा हावा प्राप्त गर्न सकिन्छ। हाम्रो सेवाहरु छिटो र भरपर्दो तरिकाले अनुभवी र दक्ष प्राविधिकहरु मार्फत उपलब्ध छन्।’ कम्पनीले भनेको छ ।
कम्पनीका अनुसार एसी सर्भिसिङ सेवाको मुख्य विशेषताहरूः
● धुलो र फोहोर हटाउन इनडोर र आउटडोर युनिटको डीप क्लिनिङ
● फिल्टर सफा गर्ने वा आवश्यक परेमा प्रतिस्थापन गर्ने
● मुभिङ पार्टहरूमा ग्रीस लगाउने, इलेक्ट्रिकल कनेक्शनहरू कस्ने
● सम्पूर्ण प्रणाली परीक्षण गरेर उच्च कार्यक्षमता सुनिश्चित गर्ने
कम्पनीका अनुसार सेवा बुकिङ प्रक्रियाः
ग्राहकहरूले आफ्नो सुविधाअनुसार सेवा बुक गर्न भेटायो एप (एन्ड्रोइड वा आइओएस) डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ । बुकिङ गर्दा इच्छाएको मिति र समय छान्न सकिने सुविधा हुने र प्रशिक्षित, अनुभवी र दक्ष प्राविधिकहरु तोकिएको समयमा सेवाका लागि घरमै पुग्ने कम्पनीको भनाइ छ ।
भेटायोबारेः
भेटायो एउटा घर तथा अफिसलाई चाहिने सम्पूर्ण सेवाहरु एपमार्फत एकै ठाउँबाट दिने एप प्लेटफर्म हो जसले १५ं सेवाहरू प्रदान गर्दछ—जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लिनिङ, ड्राइभर, पेन्टिङ, कारपेन्ट्री, र एसी सर्भिसिङ सेवा लगायत छन्। हाम्रो लक्ष्य भनेको भरपर्दो, छिटो र पारदर्शी सेवा प्रदान गर्दै उपभोक्ताको जीवन सजिलो बनाउनु रहेको कम्पनीको भनाइ छ ।






















