काठमाडौं । नेपालमा एथर एनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले बहुप्रतिक्षित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा गरेको छ। यस गिभअवेको भाग्यशाली विजेता शालिक जीबनेका छन् । उनलाई यो इलेक्ट्रिक स्कूटर सोमबार, १८ अगस्ट २०२५ का दिन आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।
एथर रिज्टा जेडः प्रमुख पारिवारिक इलेक्ट्रिक स्कूटर
सन् २०२४ मा भारतमा सार्वजनिक भएकोएथर रिज्टा जेड एथर एनर्जीको परिवार(केन्द्रित श्रेणीको प्रमुख मोडेल हो । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन्—२.९ किलोवाट आवर र ३.७ किलोवाट आव जसले अधिकतम १६० किमि सम्मको आइडिसी प्रमाणित दायरा दिन्छ र सबै भेरियन्टको शीर्ष गति ८० किमिरघण्टा हुन्छ।
यसका मुख्य विशेषताहरूः
–विशाल ५६ लिटर स्टोरेज क्षमताः सीट मुनि ३४ लिटर र अगाडि वैकल्पिक “फ्रङ्क” मा थप २२ लिटर।
–सुविधामुखी डिजाइनः फराकिलो र लामो सीट, पिलियन ब्याकरेस्ट, र ठूलो फ्लोरबोर्ड—विशेषगरी पारिवारिक यात्राका लागि अनुकूल।
–आधुनिक राइड असिस्ट प्रविधिहरूः अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल, लाइभ(लोकेशन सेयरिङ, चोरीरटो अलर्ट, र “पिङ माई स्कूटर” सुविधा।
–उन्नत डिजिटल इन्टरफेसः ७ इन्चको टीउफटी डिस्प्ले, सहज नेभिगेशन र अथर स्ट्याकमार्फत कनक्टिभिटी।
–भेरियन्ट कस्टमाइजेसनः सात आकर्षक रंगमा उपलब्ध, जसमा डुअल(टोन स्कीम पनि छन्, साथै प्रिमियम डुअलटोन सीट र पिलियन ब्याकरेस्टको सुविधा।
भारतमा यसको उच्च लोकप्रियताको कारण, रिज्टाले एथर एनर्जीको सबैभन्दा बढी बिक्री हुने मोडेलको स्थान पाएको छ । कुल बिक्रीको करिब ६०५ हिस्सा लिँदै सुरु भएको एक वर्षभित्रै १ लाख भन्दा बढी इकाइ बिक्री भएको छ।
वैद्य इनर्जी प्रालिका बारेमा
नेपालमा एथर एनर्जीको एक मात्र आधिकारिक वितरकका रूपमा, वैद्य इनर्जी प्रालिले ब्रान्डको उपस्थितिलाई मजबुत बनाउन आवश्यक पूर्वाधार तयार गरेको छः
–८ वटा एक्सपिरियन्स सेन्टर—ग्राहकलाई उत्पादको प्रत्यक्ष अनुभव दिलाउन।
–१ विशेष टेस्ट राइड जोन—सवारीको अनुभव लिनका लागि।
–७ भन्दा बढी सर्भिस सेन्टर—गुणस्तरीय बिक्रीपछिको सेवा र मर्मतका लागि।
–२३ं एथर ग्रिड फास्ट(चार्जिङ स्टेशन—देशभर सहज चार्जिङको लागि।
यी सुविधाहरूले ग्राहकलाई खोज, टेस्ट राइड, सेवा, र चार्जिङसम्मको सम्पूर्ण स्वामित्व अनुभव सहज र उत्कृष्ट बनाउन वैद्य इनर्जीको प्रतिबद्धता देखाउँछ।
विजेता घोषणा र हस्तान्तरण
१३ अगस्ट २०२५ मा सम्पन्न लाइभ गिभअवे कार्यक्रममा शालिकलाई आधिकारिक रूपमा एथर रिज्टा जेडका विजेता घोषणा गरिएको हो । उनलाई यो स्कूटर सोमबार, १८ अगस्ट २०२५ मा हस्तान्तरण गरिनेछ। यो अवसर उनले २०२५ अगस्ट ०६ देखि ११ सम्म नाइमामा आयोजित “विन द रिज्टा” अभियानमा विजेता बनेर पाएका हुन् ।






















