Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अपि पावर कम्पनीको हातमा ५० मेगावाटको जलविद्युत आयोजना, दिव्य ज्योति हाइड्रोपावर खरिद गर्ने निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अपि पावर लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड कम्पनीलाई प्राप्ति गरेको छ । साउन २७ गते मंगलबार बसेको संचालक समितिको बैठकले दिव्य ज्योतिले प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने निर्णय गरेको हो । आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट उक्त आयोजना निर्माण तथा संचालन गर्न मनासिव देखिएको हुँदा उक्त कम्पनी प्राप्ती गर्ने निर्णय गरिएको अपि पावरले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्णरुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहनेगरी कम्पनी संचालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड प्राप्ती गर्नको लागि पूर्णअधिकार सहित कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेलाई पक्षहरुबीच गर्ने करारनामाको मस्यौदा तथा शर्तहरु निर्धारण गर्ने तथा करारनामामा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

Health Tips Ad Road Block