Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्रीको निर्देशनपछि रासायनिक मलको आपूर्ति, वितरण र उत्पादन सम्बन्धी छलफलमा मन्त्रीहरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि रासायनिक मलको आपूर्ति, वितरण र उत्पादन सम्बन्धी छलफलमा मन्त्रीहरु जुटेका छन् । यसैक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गरेका छन् । सम्बन्धित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त बैठकमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौतीहरू तथा भविष्यमा रासायनिक र जैविक (प्राङ्गारिक) मलको उत्पादन सम्भाव्यताबारे छलफल गरेका हुन् ।

बैठकमा हालको रासायनिक मलको मौज्दात अवस्था, सम्बद्ध निकायहरूको आपूर्ति क्षमता, वितरण प्रणालीमा सुधार गर्न सकिने सम्भावना तथा भविष्यमा रासायनिक र प्राङ्गारिक मलको उत्पादनका सम्भावनाबारे कृषि सामग्री कम्पनी लिमिटेड, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड, उद्योग विभाग, नेपाल आयल निगमका प्रतिनिधिको उपस्थितिमा छलफल भएको हो ।

मन्त्री भण्डारीले छलफलका मुख्य विषयहरूमा ध्यान दिई वर्तमान समस्या समाधान गर्न सम्बन्ध निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् । छलफलमा उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरूले हालको आपूर्ति प्रक्रियामा आवश्यक कानुनी तथा नीतिगत सुधार गर्दै वितरण प्रणालीलाई प्रक्रियागत झन्झटबिना वास्तविक किसानसम्म पुग्ने डिजिटल प्रणाली स्थापना गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको एक अध्ययनअनुसार माटोको उर्वर क्षमता ४० प्रतिशत घटिसकेको पृष्ठभूमिमा रासायनिक मलको व्यवस्थित प्रयोग अनिवार्य रहेको कुरा समेत बैठकमा उठेको थियो ।

खाद्य सुरक्षालाई ध्यानमा राखी उत्पादन र उत्पादकत्व बढाउने गरी नीतिगत सुधारमा प्राथमिकता दिन, हाल देखिएको आपूर्ति समस्या समाधान गर्न तथा मल कारखाना स्थापनाका लागि आवश्यक लगानीको मोडालिटीबारे छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बधीत निकायलाई मल आपूर्तिको समस्या यथासिघ्र समाधान गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनसँग सम्बन्धित थप विषयहरुमा पुनः बैठक बसी ठोस निश्कर्ष पेस गरिने बताइएको छ ।

Health Tips Ad Road Block