Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ ।

साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन् । उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडी पनि बाटो खुल्ने आशा राखेका छन्।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले साम्बा र म्याक्सिम्याक्सलाई सहकार्यका लागि शुभकामना दिए । निजी क्षेत्रबाट भएको पहलको तारिफ गर्दै नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अन्य खेलाडीका लागि बाटो खुल्ने आशा व्यक्त गरे।

साम्बाले म्याक्सिम्याक्सको प्रबद्र्धनमा भूमिका निर्वाह गर्ने बताइएको छ। नेपाल एपिएफ क्लबबाट खेल सुरु गरेकी साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छिन् ।

सन् २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा उनले १० खेलमा ३१ गोल गरेकी थिइन्।

त्यस्तै साम्बाले इजरायलको हापोइल रानानाबाट पनि खेलिसकेकी छिन् । गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेलिन् । अब छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नेछिन् ।

म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ‘साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको हो । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ ।

नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।

Health Tips Ad Road Block