काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफा बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटर १६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा १६ अर्ब ८५ करोड खुद ब्याज आम्दानी भएको थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । त्यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।
बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशतमा पुगेको छ ।






















