Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सागर डिष्टिलरीको आईपीओ निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्न कम्पनीले अनुमति प्राप्त गरेको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

मुक्तिनाथ क्यापिटल लिमिटेडले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गरिरहेको छ । आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि त्यो अवधिभित्रमा पनि पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

Health Tips Ad Road Block