Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालय मन्दिरमा भक्तजनको भीड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमवार । भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ । साउन महिनालाई शिवको विषेश महिनास्वरुप साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन् । साउन महिनाको सोमवार शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाम लगायत स्थानमा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको भीड लागेको छ ।

Health Tips Ad Road Block