Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कैलाली कारागार झडप घटनाः गृहमन्त्री लेखक र सुरक्षा निकायका प्रमुखबीच छलफल 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितीलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर छलफल गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी भएका   छन् ।

कैदीबन्दीबीच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् ।

स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ ।

Health Tips Ad Road Block