Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धादिङकाे जरेखेतमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । धादिङको जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि बिहानदेखि सडकमा दुईतर्फी आवतजावत रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् ।

पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।

Health Tips Ad Road Block