Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अब समयतालिका बनाएर बजेट कार्यान्वयनमा लैजानुपर्ने, परिणाम निकाल्न अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अब समयतालिका बनाएर बजेट कार्यान्वयनमा लैजान भन्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवहरुलाई निर्देशन दिएका छन् ।

पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका हुन् ।

अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले विद्यमान कानूनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ संकलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो ।

बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोतहरु पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, अन्य मन्त्रालयहरुका सचिवहरुको समेत उपस्थिति थियो ।

Health Tips Ad Road Block