Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सारथी इकुटर इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाइमा अटो शोको अवसरमा विभिन्न सवारीसाधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तिब्र छ । यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथी इकुटरले पनि निक्कै आकर्षक अफर ल्याएको छ ।

नाइमा अटो शोको शुरुको दिन अर्थात् साउन २१ गते देखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर संचालन भएको कम्पनीले जनाएको छ ।
उक्त अफर अनुसार सारथी इकुटरका दुइ मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् । साथै एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २०% डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।

यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ ।

यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीको दाबी छ । जसले विगत ६ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि बिक्री वितरण गरिरहेको छ ।

Health Tips Ad Road Block