skip this News Page Tips Ad Road Block

गुरु पद्मसंभव जन्म दिवस (छेच्यु) र महाँकाल जात्रा मनाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गुरु पद्मसंभव जन्म दिवस (छेच्यु) र महाँकाल जात्रा मनाइने भएको छ । हिमाली बौद्ध परम्परामा आचार्य पद्मसंभव (गुरु रिन्पोछे) जो दोस्रो बुद्धका रुपमा चिनिन्छन् उनी बौद्ध महाचैत्यसँग प्रत्यक्ष जोडिएका छन् । उनको पहिलो जन्ममा उनी लगायतका दाजुभाइहरुले निर्माण गरेका बौद्ध महाचैत्यको परिसरमा उनी अर्थात् आचार्य पद्मसंभव (गुरु रिन्पोछे)को जन्म दिवस (छेच्यु)को उपलक्ष्यमा यस वर्ष विभिन्न कार्यक्रम गरिने भएको छ । उक्त दिन गुरु छेङ्गे छ्याम् (गुरु पद्मसंभवको अष्टलिला धार्मिक नृत्य) हुने समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमहरुः

१. गुरु रिन्पोछे जन्म दिवसमा महाँकाल स्थित गुरु रिन्पोछेको प्रतिमा भएको स्थलमा आचार्य थुप्तेनको अगुवाइमा पूजापाठ बिहान ९ बजे देखि शुरु गर्ने ।

२. तिनचुली स्थित गुरु रिन्पोछेको प्रतिमा भएको स्थलमा श्रद्धेय खेन्पो सर्वजीत गोङ्बाको अगुवाईमा पूजापाठ गर्ने ।

३. बौद्ध स्थित घ्योइलिसाङ पोखरी अर्थात गुरु रिन्पोछे पार्कमा सेछेन गुम्बाका लामागुरुहरुबाट पूजापाठ बिहान ९ बजेदेखि गर्ने ।

४. दिनको बाह्र बजे भित्रमा पूजापाठ समापन गर्ने र दिनको ठीक ३ बजे तिनचुलीबाट गुरु रिन्पोछेको प्रतिमा सहित शोभायात्रा गरि बौद्धमहाचैत्य परिक्रमा गरि बौद्ध प्राङ्गणमा गुरु रिन्पोछेको अष्टलिला अर्थात गुरु छेङ्गे छ्याम सेछेन गुम्बाका लामाज्यूहरुबाट प्रदर्शन गर्ने ।

५. साँझमा बौद्ध परिसरमा दिपावली गर्ने ।

शोभायात्रामा ७० भन्दा बढी संघसंस्थाहरुको सहभागिता रहनेछ ।

कार्यक्रमलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।

क) शान्ति सुरक्षा उपसमिति ः नेपाल प्रहरी, नगर प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी ।

ख) स्वयंसेवक उपसमितिः राष्ट्रिय तामाङ घेदुङ, नागेश्वर टोल, भुवलडाँडा युवा क्लब, रामहिटि बज्रनगर युवा क्लब, बौद्ध पिपलबोट युवा क्लब, टुसाल युवा क्लब, लायन्स क्लब अफ नमोबुद्ध ।

ग) खाना/खाजा उपसमितिः कुमारी माता समिति ।

घ) शोभायात्रा व्यवस्थापन समितिः सरस्वती नगर टोल, टासी छ्योर्तेन तामाङ गुम्बा, मुगुम गुम्बा, ह्योल्मो गुम्बा, सुखदुख गुठी ।

ङ) नेवारी भोज समितिः खास्ति नेवा पुच (महाँकाल जात्राको लागि मात्र) ।

च) सरसफाई उपसमितिः बौद्ध सरसफाई, आदर्श महिला, ज्ञात अज्ञात महाँकाल पार्क समिति ।

छ) सजावट उपसमितिः बुद्धधर्म दिप छ्योर्तेन गुम्बा र छ्योर्तेन टासी तामाङ गुम्बा ।

ज) स्वागत उपसमितिः ताम्बा संघ नेपालको संयोजकत्वमा ।

झ) गुरु छेङ्गे छ्याम उपसमितिः सेछेन गुम्बा ।

कार्यक्रम मिति २०८२ साल श्रावण १९ गते सोमबार हुनेछ । त्यसदिन

समयः पूजापाठ विहान ९ः०० बजे (स्थानः महाँकाल, तिनचुली, घ्योइलिसाङ पोखरी
गुरु रिन्पोछे शोभायात्रा: दिनका २ः३० बजे (स्थानः तिनचुलीबाट बौद्ध महाचैत्य)
गुरु छेङ्गे छ्यामः दिनको ठीक ४ः०० बजे (स्थानः बौद्ध महाचैत्य परिसर)
अतिथीज्यूहरुको उपस्थिति दिनको ३ः३० बजे (स्थानः बौद्ध महाचैत्य परिसर)

महाँकाल जात्रा

महाकाल विशेष गरी तीन प्रकारका देखिन्छन् । दुई हाते महाकाल, चार हाते महाकाल र छ हाते महाकाल । समग्रमा महाकाललाई बुद्ध धर्ममा धर्मपालको रुपमा लिइएको छ । उनीलाई आर्यअवलोकितेश्वरको निर्माणकायको रुपमा पनि लिइन्छ ।

बौद्ध महाँकालस्थित महाकाल स्थानमा यस समितिले १८ फिट अग्लो दुइहाते महाकालको प्रस्तर प्रतिमा स्थापना गरेको छ । आदिम कालदेखि सो स्थानलाई महाकाल स्थान भनि चिनिने र बुद्ध धर्ममा महाकाललाई धर्मपालको रुपमा लिइने हुँदा उनको तिथिमा जात्रा गर्ने परम्पराको थालनी गर्ने योजना अनुरुप यहि साउन २७ गते निम्न बमोजिमको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमहरुः

१. दुइ हाते महाकालको जात्रा यहि श्रावण २७ गते गरिने छ । उक्त दिन लामा गुरुहरु, बज्राचार्य गुरुहरु तथा ब्राह्मणहरुबाट महाँकालको पूजा गरिनेछ ।

२. पूजापश्चात महाँकालको प्रतिमालाई खटमा राखि महाँकालदेखि रामहिटी, तिनचुली भई बौद्ध परिक्रम गराई टुसाल, चुच्चेपाटी हँदै पूनः महाकाल स्थानमा पुर्याई समापन गरिनेछ ।

३. पूजा बिहानै शुरु गरिने छ र महाँकालको शोभा यात्रा दिनको ११ बजे शुरु गरिनेछ ।

४. शार्दुल जंग गुल्म अर्थात गुरुजु पल्टनले हर्ष बढाईँ गर्ने कार्यक्रम समेत रहेको आयोजकको भनाइ छ ।

Health Tips Ad Road Block