Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इप्पानद्धारा आयोजना हुने पावर समिटको मिति सर्यो, कारण भारत भ्रमण !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) को विशेष समारोह मध्येको एक ऊर्जा सम्मेलनको नयाँ संस्करण पावर समिट–२०२५ को पूर्वनिर्धारित मिति परिवर्तन भएको छ । यसअघि तय भएको असोज १ र २ को मिति परिवर्तन भएको हो । यसअघि तोकिएको मितिको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागिता हुने भएकोले पावर समिटको मिति पछाडि सारिएको संस्थाले जनाएको छ ।

इप्पानका अनुसार अब पावर समिट–२०२५ साविककै स्थान सोल्टी होटलमा आगामी ‘२९ र ३० असोज, २०८२ अर्थात १५–१६ अक्टोबरमा आयोजना हुनेछ । सन् २००६ देखि हरेक २–२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौ संस्करणको नारा ‘मिसन २८,५०० एमडब्लु, पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ रहेको छ ।

पावर समिटको मिति परिवर्तन भएकोमा क्षमा माग्दै इप्पानले नयाँ मितिमा हुने पावर समिटको बाँकी सबै एजेण्डाहरु समान नै रहने जनाएको छ ।

सरकारले अघि सारेको सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुरयाउने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुरयाउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न र गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्यले इप्पानले पावर समिटको नवौं संस्करण आयोजना गर्न लागेको जनाएको छ ।

समिटलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षकत्व प्राप्त भएको र कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहने तय भइसकेको संस्थाले जनाएको छ । प्रधानमन्त्री ओलीबाट समिटको उद्घाटन गराइने लक्ष्य राखिएको छ ।

नेपालको हरित ऊर्जा नेपालको समृद्धिको मात्र वाहक नभइ, एशियाकै आर्थिक विकासको पूर्वाधारको रुपमा उपलब्ध हुनुपर्छ भन्ने मान्यता रहेको भन्दै इप्पानले आन्तरिक तथा बाह्य क्षेत्रमा के कस्ता रणनीतिहरु लिन तथा बनाउन आवश्यक छन् भन्ने विविध विषयहरुमाथि समिटमा छलफल हुने जनाएको छ ।

Health Tips Ad Road Block