Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लिपमोटर बी १० को स्निक प्रिभ्यू काठमाडौंमा सम्पन्न, नाइमा मोबिलिटी एक्स्पोमा मूल्य सार्वजनिक गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा लिपमोटर गाडीको एकमात्र आधिकारिक आयातकर्ता सा‌ङ्ग्रिला मोटर्स प्रालिले साउन १४ गते, उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी १० को स्रिक प्रिभ्यू कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मिडिया प्रतिनिधिहरू र अटो पारखीहरूले यो इलेक्ट्रिक गाडीको पहिलो झलक पाउने अवसर पाए जसले स्मार्ट डिजाइन, आधुनिक सुविधाहरु र सहज प्रदर्शनका कारण पहिले नै चर्चा बटुलिरहेको कम्पनीको भनाइ छ।

नेपालमा पहिलो पटक भित्र्याउन लागिएको लिपमोटर बी १० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीको छ। ६७.१ किलोवाट ब्याट्री सहितको यो मोडेलले एकपटक चार्ज गर्दा ४६० किमी सम्मको रेञ्ज दिनेछ । यसमा जडान गरिएको १६० किलाेवाट मोटरले पावर र स्पीडलाई सन्तुलनमा राख्छ भने युरोपेली एनसीएपीको ५–स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिने कम्पनीको भनाइ छ ।

स्रिक प्रिभ्यू कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली इभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको छ।

लिपमोटर बी १० को औपचारिक लन्च तथा प्राईस रिभिल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ। यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाको आयोजनामा साउन २१ देखि २५ गते (अगस्ट ६–१०) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। यद्यपि मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि, लिपमोटर बी१० को मूल्य रु. ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउने दाबी गरिएको छ।

सा‌ङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, ‘आजको स्रिक प्रिभ्यू कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र हो। डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी १० साँच्चिकै पर्फेक्ट १० हो। हामी यसलाई सार्वजनिक रूपमा नाइमा एक्स्पोमा प्रस्तुत गर्न उत्साहित छौं र यसले नेपाली ग्राहकको इभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।’

गोल्छा अर्गनाइजेसन अन्तर्गतको सा‌ङ्ग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। पुजो, सिट्रन र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धत्ता लिएको छ।

Health Tips Ad Road Block