Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

७ प्रतिशत आरबीबीएल डिवेञ्चर २०८८ नेप्सेमा सूचीकृत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ७ प्रतिशत आरबीबीएल डिवेञ्चर २०८८ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१,००० दरका कुल २५,००,००० कित्ता ७ प्रतिशत आरबीबीएल डिवेञ्चर २०८८ ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हाे ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गरेका छन् ।

उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोबार शुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।

Health Tips Ad Road Block