काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकको निरीक्षण गरेका छन् । मन्त्री दाहालसहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेका हुन् । त्यस क्रममा मन्त्री दाहालले निर्माणधिन सडकको निर्माण कार्य तिव्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।
यस्तै उनले चीनतर्फ रोकिएका नेपालीको अवस्थाबारे पनि चासो राखेका थिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरी नेपालीहरु ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।
मितेरी पुल निर्माणको कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
यस्तै ई. शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरि निरन्तर मर्मतको काम भइरहेको जनाए ।






















