Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पानी नपरेपछि गत वर्षको भन्दा १४ प्रतिशत कम रोपाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । समयमै वर्षा नभएपछि गतवर्षभन्दा करिब १४ प्रतिशत कम रोपाई भएको छ । साउन ११ गतेसम्मको विवरणअनुसार देशभर ७८.८४ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ जबकि गतवर्ष साउन १३ गतेसम्ममा ९२.६ प्रतिशत रोपाई भइसकेको थियो ।

यस अवधिमा सुदूरपश्चिम प्रदेशमा लगभग रोपाई पुरा भएको छ । कृषि विभागका अनुसार सुदूरपश्चिममा ९८.९४ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ ।

सुख्खा मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाई भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा ८० प्रतिशतभन्दा माथि भूभागमा रोपाई भएको छ भने लुम्बिनी र कर्णाली प्रदेशमा ९० प्रतिशतभन्दा माथिको क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।

Health Tips Ad Road Block