Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए । त्यसपश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो । यसै गरी चर्चित डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको माग तथा चाहनालाई मध्येनजर गर्दै गत साल भव्यरुपमा सफल भएको गाला कन्र्सटलाई निरन्तरता दिएको बताए । यस योजनालाई देशै भरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले भव्य बनाएको उनको भनाइ छ ।

Health Tips Ad Road Block