Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआरएनए उत्तर क्षेत्र अष्ट्रेलिया राज्य समन्वय परिषद् कोषाध्यक्षमा इशन चौलागाईंको उम्मेदवारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उत्तर क्षेत्र अष्ट्रेलिया राज्य समन्वय परिषद् कोषाध्यक्ष पदमा इशन चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि चौलागाइँले उम्मेदवारी घोषणा गरेका हुन् ।

जुलाई २६, २०२५ मा हुन गइरहेको निर्वाचनका लागि चौलागाइँको उम्मेदवारी परेको हो । अष्ट्रेलियाको नर्दन टेरिटरी(एनटी) मा बसोबास गर्नेहरुलाई सम्बोधन गर्दै उनले उम्मेदवारी दिएको र सहयोग गर्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘पूर्व एनआरएनए एनटी युथ टिम सदस्यको रूपमा सेवा गर्ने सौभाग्य पाएको नाताले, मसँग संगठनात्मक अनुभव, हाम्रो समुदायको चाहनाप्रति गहिरो बुझाइ र टिममा मिलेर काम गर्ने क्षमताको राम्रो अनुभव छ। यद्यपि म पारम्परिक वित्तीय पृष्ठभूमिबाट नआएको हुन सक्छु, म दृढ प्रतिबद्धता, इमान्दारिता, पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनशील नेतृत्वको इच्छाशक्तिसहित यो भूमिकामा अगाडि बढ्न चाहन्छु।’

चाैलागाईँको उम्मेदवारी किन ?

–प्रमाणित समर्पणः

एनआरएनएसँगको आफ्नो विगतको संलग्नताले आफ्नो निष्ठा र समुदायप्रतिको समर्पण प्रस्ट गर्ने र सधैं टिमवर्क एवम् सामूहिक प्रगतिलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

–नयाँ सोच, युवा नेतृत्वः

आधुनिक प्रविधिमैत्री सोचका साथ आएको नयाँ पुस्ताको प्रतिनिधित्व आफूले गर्ने भन्दै उनले उत्साही, ऊर्जावान र वित्तीय व्यवस्थापनमा आधुनिक दृष्टिकोण ल्याउने दृढ इच्छा व्यक्त गरेका छन् ।

– सशक्त टिमको साथः

आफ्नो वरिपरि दक्ष र अनुभवी टिम रहेको जसको साथले आवश्यक प्राविधिक मार्गदर्शन मिल्ने तथा शुद्धता र कानुनी पालना सुनिश्चित गर्ने उनको भनाइ छ।

–अटल प्रतिबद्धताः

आफूले कोषाध्यक्षको जिम्मेवारीलाई पूर्ण समय, सक्रिय संवाद र खुला ढोकाको नीतिसहित इमानदारीपूर्वक निर्वाह गर्ने वाचा उनको छ ।

चौलागाईँका प्रमुख एजेन्डाहरूः

१. वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने ।

– सदस्यहरूलाई डिजिटल ड्यासबोर्ड र वास्तविक समयको अपडेटमार्फत स्पष्ट र नियमित प्रतिवेदन उपलब्ध गराउने।

२. वित्तीय प्रणालीलाई बलियो बनाउने ।

–डिजिटल लेखा प्रणाली र अडिटमैत्री उपकरणको कार्यान्वयन–सुधार गर्ने, जसले एनआरएनएलाई अन्तर्राष्ट्रियस्तरमा अझ विश्वसनीय बनाउँछ।

३. युवा तथा नवप्रवर्तनको स्थापना गर्ने ।

–प्रवासी युवाहरूका परियोजना, स्टार्टअप्स र नवीनतम सोचलाई प्रोत्साहन गर्न कोष निर्माण गर्ने।

४. विश्वसनीयता र कार्यकुशलता प्रवर्द्धन गर्ने ।

–स्वतन्त्र निरीक्षण र नियमित अडिटको माध्यमबाट एनआरएनएको वित्तीय अखण्डताप्रति विश्वास बढाउने।

५. समुदाय प्रथम दृष्टिकोण अपनाउने ।

–प्रत्येक वित्तीय निर्णय नेपाली समुदायको आवश्यकतासँग मेल खाने बनाउने।

चौलागाईँका प्रतिबद्धताः

उनले भनेका छन्,

(क) म पदमा बस्न होइन, सेवाको उद्देश्यसहित अघि बढ्न आएको हुँ। युवा ऊर्जा, स्पष्ट दृष्टिकोण र सशक्त टिमको साथमा म पारदर्शिता कायम गर्न, विश्वास निर्माण गर्न, र समुदायको समृद्धिको लागि हरेक डलरको उत्तरदायित्वपूर्वक सदुपयोग गर्न पूर्ण प्रतिबद्ध छु।

(ख) म टिम त्रिलोचनको सदस्य हुनुमा गर्व गर्दछु, जुन राजनीति भन्दा माथि उठेर समुदाय सेवामा समर्पित छ। हाम्रो उद्देश्य स्पष्ट छ । सेवा गर्न, एकता ल्याउन, र कार्यद्वारा सार्थक परिवर्तन ल्याउन।

(ग) म विश्वास गर्छु कि नेतृत्व भन्नु सबै उत्तर भएको होइन, सही सोच, सही टिम र सही मनसाय भएको हो। तपाईंहरूको साथ र समर्थनको अपेक्षासहित, म एक सुन्ने, सिक्ने र अग्रसर नेतृत्व गर्ने कोषाध्यक्ष बन्न चाहन्छु।

आफूलाई साथ दिन अनुरोध गर्दै कोषाध्यक्ष पदका उम्मेदवार चौलागाईँले भनेका छन्, ‘हामी सबै मिलेर एक उत्तरदायी, नवप्रवर्तनशील, र युवामुखी एनआरएनए निर्माण गरौं।’ त्यस्तै ‘सेवाका लागि भोट गर्नुहोस्। विश्वासका लागि भोट गर्नुहोस्। र समुदायका लागि भोट गर्नुहोस्।’ भनेर उनले आफ्नो भनाइ सार्वजिनक गरेका छन् ।

Health Tips Ad Road Block