काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको रु.१ अर्व रकम बराबरको १०,००,००० कित्ता ऋणपत्रहरु बाँडफाँड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा ऋणपत्रहरु बाँडफाँड सम्पन्न भएको हो ।
उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो र जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्ने बैंकको भनाइ छ । कुल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरुमार्फत उत्साहजनक सहभागिता रहेको थियो ।
हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरुद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेका र जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको बिक्री प्रबन्धकको भनाइ छ ।
यस ऋणपत्र निष्काशनसँगै बैंकले आफ्नो पूँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरुलाई अझ प्रभावकारी, भरपर्दाे र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता दोहोर्याएको छ ।






















