काठमाडौं । सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य तोलामा २१ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
यो यसअघिको रेकर्डको मूल्य १ लाख ९७ हजार ९ सयको नजिक हो । वैशाख १० गते रेकर्ड कायम गरेको थियो ।
चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २३५० रुपैयाँमा पुगेको छ ।






















